दफा ४३
प्राविधिक उपसमिति
(१) कोषको कार्य सुचारु रुपले सञ्चालन गर्न र नागरिक एकाङ्क योजना तथा लगानीकर्ता हिसाब योजनाको दक्ष व्यवस्थापनको लागि समितिले आवश्यकता अनुसार विभिन्न प्राविधिक उपसमितिहरू गठन गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम गठित उपसमितिहरूको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।